चैत्र २७ र २८ गते खाँडादेवी सांस्कृतिक महोत्सव–२०८२ भव्य रूपमा सम्पन्न हुने
रामेछाप। खाँडादेवी गाउँपालिका, रामेछापमा विविध साँस्कृतिक कार्यक्रमका साथ खाँडादेवी सांस्कृतिक महोत्सव भव्य रूपमा सम्पन्न भएको छ। स्थानीय कला, संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यले सांस्कृतिक महोत्सव हुने भएको हो ।
आयोजित उक्त महोत्सवमा विभिन्न स्थानीय झाँकी, नृत्य र सांगीतिक प्रस्तुतिहरू समावेश गरिने छ।
तयारी अन्तिम चरणमा
रामेछाप जिल्लाको कला, संस्कृति, परम्परा र पहिचानलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ रामेछाप सांस्कृतिक कलाकार समाज खाँडादेवी गाउँपालिका कार्यसमितिद्वारा आयोजना गरिएको खाँडादेवी सांस्कृतिक महोत्सव–२०८२ भव्य रूपमा सम्पन्न हुने तयारी अन्तिम चरणमा पुगेको छ। “रामेछापको शान कला संस्कृति हाम्रो पहिचान, समृद्ध रामेछापको लागि हाम्रो अभियान” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यो महोत्सवले स्थानीय कला र प्रतिभालाई राष्ट्रिय स्तरसम्म चिनाउने विश्वास लिइएको छ।
आगामी चैत्र २७ र २८ गते खाँडादेवी गाउँपालिका–६ स्थित पालिका प्राङ्गणमा आयोजना हुने महोत्सव बिहान ११ बजेदेखि सुरु हुनेछ। महोत्सवको मुख्य प्रायोजक खाँडादेवी गाउँपालिका रहेको छ भने आयोजकको रूपमा रामेछाप सांस्कृतिक कलाकार समाज सक्रिय रहेको छ।
यस महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। कार्यक्रममा गायक, गायिका, नृत्य कलाकार तथा विभिन्न सांगीतिक विधाका प्रतिभाहरूको सहभागिताले महोत्सवलाई अझ आकर्षक बनाउने अपेक्षा गरिएको छ। विभिन्न लोकप्रिय कलाकारहरूको बेजोड प्रस्तुति, सांगीतिक झंकार र नृत्यले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्नेछ।
त्यसैगरी, महोत्सवमा स्थानीय स्तरमा उत्पादन भएका कृषि उपजहरूको प्रदर्शनी, स्थानीय मौलिक कला र संस्कृतिको झल्को दिने प्रस्तुति, तथा परम्परागत भेषभूषा र सांस्कृतिक झाँकीहरू समेत समावेश गरिनेछ। यसले स्थानीय उत्पादन र संस्कृतिलाई प्रवर्द्धन गर्दै पर्यटन विकासमा टेवा पुर्याउने आयोजकको विश्वास रहेको छ।
महोत्सवले स्थानीय कलाकारहरूलाई आफ्नो प्रतिभा देखाउने महत्वपूर्ण मञ्च प्रदान गर्नुका साथै नयाँ पुस्तालाई कला र संस्कृतिप्रति आकर्षित गर्ने लक्ष्य लिएको छ। साथै, यस कार्यक्रमले जिल्लाको सांस्कृतिक पहिचानलाई सुदृढ बनाउँदै आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
आयोजक समितिका अध्यक्ष टिकाराम श्रेष्ठले दिएको जानकारी अनुसार महोत्सवलाई सभ्य, भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ। कार्यक्रममा जिल्लावासी, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, कला पारखी तथा सर्वसाधारण दर्शकहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ।
यस महोत्सवमा सहभागी भई स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणमा साथ दिन आयोजकले सम्पूर्ण सर्वसाधारणमा हार्दिक अनुरोध समेत गरेको छ।.jpeg)
भर्खरै
शान्तिपथ
राधाकृष्ण बिस्कुटद्वारा प्राणनाथ वृद्धाश्रम र मानव सेवा बाल आश्रमलाई खाद्य सहयोग
"रत्नपार्कको बेञ्च"
रजबासमा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ३७५ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
अष्ट्रेलियामा पहिलो नेपाली माथि गरिएको व्यबहार
सरकारको ब्याक-च्यानल कूटनीति, सामाजिक सञ्जाल र बदलिँदो सत्ता–शैली
शकुनीहरू
धेरै पढिएको
बोलिरहने हृदयको चरीलाई कुन्नि के भो ?
रोल्पा : बारुदको गन्धदेखि साना साथीहरूको सुगन्धसम्म
याद गर
"पाँच डब्ल्यु, एक एच: सही प्रश्नबाट सत्यको खोजीसम्म"
पनौतीका सुकुम्बासी हटाउने सूचनाविरुद्ध जिल्ला प्रशासन र नगरपालिकामा ज्ञापनपत्र
सार्वजनिक बसमा पाकेट मार्ने चार जना पक्राउ
करेन्ट लागेर भुम्लुकी एक महिलाको मृत्यु




प्रतिकृया दिनुहोस