कलाकार सुनिल थापाको निधन

काठमाडौँ । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । 
हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको हो ।
नर्भिकका प्रशासन प्रमुख विमल बोगटीले अस्पताल पुग्नुअगावै थापाको निधन भएको बताए ।कलाकार संघका अध्यक्ष मोहन निरौलाले दिएको जानकारी अनुसार  
शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए । 
भिडियो फिल्म मसालबाट नेपाली चलचित्रको यात्रा शुरू गरेका उनी चलचित्र चिनोको ‘राते काइला’को भूमिकाले बढी चिनिन्छन् ।

 

प्रतिकृया दिनुहोस