काभ्रेको बनेपामा जिल्ला स्तरीय लोकनृत्य प्रतियोगिता सम्पन्न

काभ्रे। काभ्रेको बनेपामा जिल्ला स्तरीय लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ ।निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काभ्रेको आयोजनामा बुधवार जिल्ला स्तरीय लोकनृत्य वनेपास्थित पन्चकन्या बैनक्वैटमा सम्पन्न भएको हो । आयोजित सोही  प्रतियोगितामा २३ वटा विद्यालय सहभागी रहेको थियो । प्रतियोगितामा प्रथम बेलर स्कुल, द्दितिय प्रगति प्रभात, तृतिय वनेपाको लिन इन्टरनेशनल बोर्डिङ स्कुल र सानत्वना पनौतीको शिद्दार्थ स्कुल भएको हो । वसजेता स्कुल फागुन २ गते धादिङमा हुने प्याबसन बागमति प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुनेछन । कार्यक्रम काभ्रे प्याबसनका सचिब विमल न्यौपानेको संचालन, काभ्रे प्याबसनका अध्यक्ष श्याम बहादुर भुजेलको सभापतित्व र प्याबसन केन्द्रका सचिवालय सदस्य हिरा शर्मा नेपालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

प्रतिकृया दिनुहोस