साउन संक्रान्ति: बोन सभ्यता, प्रकृति पूजा र रैथाने विज्ञानको जीवन्त उत्सव
साउन संक्रान्ति कुनै अन्धविश्वास वा साधारण सामाजिक चाड मात्र होइन । यो हाम्रा वनस्पति विज्ञान (Botany) र स्वास्थ्य विज्ञान (Health Science) का ज्ञाता पुर्खाहरूले भावी पुस्तालाई निरोगी राख्नका लागि संस्कृति, भाषा र धर्मको रूप दिएर सुम्पिएको अमूल्य उपहार हो
हाम्रो पहाडी जनजीवनमा मनाइने साउन संक्रान्ति केवल एउटा पर्व मात्र होइन, यो त हाम्रा पुर्खाहरूले प्रकृतिसँग सङ्घर्ष गर्दै विकास गरेको रैथाने विज्ञान, जनस्वास्थ्य र बोन (प्रकृतिपूजक) संस्कृति को अनुपम संगम हो । विशेष गरी तामाङ समुदाय र पहाडी आदिबासी रैथाने समाजमा यो पर्व मनाउने मौलिक तरिका र यसभित्र लुकेको गहिरो अर्थलाई यसरी बुझ्न र बुझाउन सकिन्छ ।
१. बोन (Bon) परम्परा र प्रकृति पूजाको निरन्तरता
बौद्ध धर्म (विशेष गरी महायान/बज्रयानको निङमा सम्प्रदाय) को आगमन भन्दा धेरै अघि देखि नै तामाङ समुदायको मुख्य जीवनपद्धति 'बोन' (बोन्बो वा झाँक्री परम्परा) सँग जोडिएको थियो । बोन दर्शनले प्रकृतिलाई नै भगवान् मान्छ ।
बर्खाको महामारी र बलिको इतिहास: असार-साउनको हिलो र ओसिलो मौसममा फैलिने महामारी, बाढीपहिरो र अनिकाललाई रैथानेहरूले 'भूमि र वनका अदृश्य शक्तिहरू' रिसाएको रूपमा बुझ्थे । त्यसैले, पशुचौपाया र गाउँको रक्षाका लागि प्रकृतिका ती शक्तिहरूलाई शान्त पार्न राँगा वा भैँसी काट्ने र रगत-मासुको भोग दिने आदिम प्रथा सुरु भयो ।
सामूहिक भोज र शारीरिक ऊर्जा : असारको कडा रोपाईं र हिलोमा काम गर्दा शरीर शिथिल भएको हुन्थ्यो । डाक्टर र औषधि नभएको त्यो जमानामा शरीरलाई रोगसँग लड्ने शक्ति (Immunity) दिलाउन पोसिलो खानपान आवश्यक थियो । त्यसैले, पूजाको बहानामा राँगा/भैँसी काटेर पूरै गाउँलेहरू मिली बाँडेर खाने र सामूहिक भोज मार्फत उत्सव मनाउने परम्परा बस्यो ।
बौद्ध दर्शनसँगको फ्युजन: पछि तामाङ समुदायमा बौद्ध धर्मको प्रभाव बढ्दा अहिंसाको चेतना फैलियो । तर, पुरानो रैथाने बोन संस्कृति यति गहिरोसँग जोडिएको थियो कि लामाहरूले बुद्ध दर्शन पढाए पनि कुल पूजा, कुलदेवता (फो ल्हा), बोन्बो प्रथा र संक्रान्तिको भोजमा राँगा/भैँसी काट्ने सामाजिक चलन समन्वयकारी ढंगले आजसम्मै कायमै रहन पुग्यो ।
२. वनका औषधीय स्याउला र 'प्राकृतिक स्यानिटाइजर'
साउन संक्रान्तिको साँझ वनबाट विभिन्न थरीका स्याउलाहरू ल्याएर आँगनमा आगो बाली धुवाँ फैलाउने गरिन्छ ।
औषधीय बिरुवाहरूको शक्ति: वनबाट ल्याइने धसिङ्गरे, तितेपाती, कुरिलो, भलायो, कुकुरडाइनो, सिउँडी र देवीसरो जस्ता वनस्पतिहरू शक्तिशाली जडीबुटी हुन ।
वैज्ञानिक पक्ष: असार भर हिलोमा काम गर्दा किसानहरूलाई दाद, लुतो, हिले खटिरा र अन्य चर्मरोग लाग्ने जोखिम उच्च हुन्थ्यो । यी ओभानो नभएका जडीबुटीहरू आँगनमा बाल्दा निस्कने धुवाँले एन्टि-ब्याक्टेरियल (Anti-bacterial) र कीटनाशकको काम गर्छ । यसले वर्षायाममा सक्रिय हुने विषालु कीरा, लामखुट्टे र ब्याक्टेरियाहरूलाई घरवरपरबाट चटक्कै नष्ट गर्छ ।
३. रैथाने भाषाको मन्त्र र 'भूत' (परजीवी) भगाउने लोक-विधि
साँझपख आँगनमा औषधीय स्याउलाहरू बालेर, हातमा आगोको राँको (मसाल) लिई नाङ्लो ठटाउँदै घर वरिपरि घुम्ने चलन छ । यस क्रममा तामाङ समुदायले आफ्नै रैथाने भाषामा यसरी मन्त्रोचारण गर्छन्:
"ताङलिङ मङला स्वा क्युईगो, से मामाला रु क्युईगो"
यसको अर्थ र महत्त्व:
यस मौलिक मन्त्रको अर्थ हुन्छ— "उपियाँ भूतको दाँत भाँचियोस, जुम्रा माउको सिङ भाँचियोस"
हाम्रा पुर्खाहरूले जसलाई 'भूत-प्रेत वा अलच्छिन' भने, ती वास्तवमा दुःख दिने जुम्रा, उपियाँ, उडुस, उपियाँ जस्ता परजीवी र रोग फैलाउने हानिकारक कीटाणुहरू थिए । बर्खायाममा ओसिलो र हिलोका कारण ओछ्यान र लुगाकपडामा यस्ता परजीवीहरू निकै लाग्थे । तिनै हानिकारक कीराहरू (भूत) लाई घरबाट धपाउन, तिनको शक्ति नाश होस भनी नाङ्लोको ठुलो आवाज निकाल्दै र आगोको राँको देखाउँदै यो प्राकृतिक विधि अपनाइएको हो ।
४. नाइटो, नाक र कानमा तेल दल्ने रहस्य
राति सुत्ने बेला तोरीको तेल नाइटो, कान र नाकको टुप्पोमा दल्ने र "यसो गर्दा भूतले छुँदैन" भन्ने तामाङ जनविश्वास छ ।
स्वास्थ्यको बलियो कवच (आयुर्वेद):
नाइटो (Navel): हाम्रो शरीरको स्नायु प्रणाली (Nervous system) को केन्द्रविन्दु नाइटो हो । यहाँ तेल लगाउँदा सिंगो शरीर शान्त हुन्छ, ओठ र छाला फुट्न पाउँदैन र पाचन प्रक्रिया बलियो बन्छ ।
नाक र कानको टुप्पो: ओसिलो मौसममा साना कीराहरू सुतेको बेला नाक वा कानमा पस्ने डर हुन्छ । तोरीको तेलको कडा गन्ध र चिल्लोपनाले कीराहरूलाई शरीरभित्र पस्न दिँदैन । त्यसैले, "भूतले छुँदैन" भन्नुको वास्तविक अर्थ 'अदृश्य रूपमा आउने कीरा, चिसो र बिरामीबाट सुरक्षित भइन्छ' भनिएको हो ।
निष्कर्ष
साउन संक्रान्ति कुनै अन्धविश्वास वा साधारण सामाजिक चाड मात्र होइन । यो हाम्रा वनस्पति विज्ञान (Botany) र स्वास्थ्य विज्ञान (Health Science) का ज्ञाता पुर्खाहरूले भावी पुस्तालाई निरोगी राख्नका लागि संस्कृति, भाषा र धर्मको रूप दिएर सुम्पिएको अमूल्य उपहार हो । प्रकृति र मानव जीवनको यो सुन्दर सम्बन्धलाई बुझौँ र आफ्नो मौलिक संस्कृतिको संरक्षण गरौँ ।
समस्त आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूमा साउन संक्रान्तिको हार्दिक शुभकामना ।
भर्खरै
शान्तिपथ
राधाकृष्ण बिस्कुटद्वारा प्राणनाथ वृद्धाश्रम र मानव सेवा बाल आश्रमलाई खाद्य सहयोग
"रत्नपार्कको बेञ्च"
रजबासमा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ३७५ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
अष्ट्रेलियामा पहिलो नेपाली माथि गरिएको व्यबहार
सरकारको ब्याक-च्यानल कूटनीति, सामाजिक सञ्जाल र बदलिँदो सत्ता–शैली
शकुनीहरू
धेरै पढिएको
बोलिरहने हृदयको चरीलाई कुन्नि के भो ?
रोल्पा : बारुदको गन्धदेखि साना साथीहरूको सुगन्धसम्म
याद गर
"पाँच डब्ल्यु, एक एच: सही प्रश्नबाट सत्यको खोजीसम्म"
पनौतीका सुकुम्बासी हटाउने सूचनाविरुद्ध जिल्ला प्रशासन र नगरपालिकामा ज्ञापनपत्र
सार्वजनिक बसमा पाकेट मार्ने चार जना पक्राउ
करेन्ट लागेर भुम्लुकी एक महिलाको मृत्यु




प्रतिकृया दिनुहोस