सौभाग्य र आस्थाको महिना-"साउन महिना"
महिना जुनसुकै होस् यदि हामी हरेक महिना सकारात्मक सोच, आत्मबोध र प्रेमले भरिन सक्छौँ भने, हाम्रो जीवनको हरेक महिना ‘साउन’ बन्न सक्छ।
सामान्यतः वर्षका हरेक महिना हाम्रो जीवनमा नियमित लयमा दोहोरिन्छन् जस्तो लाग्न सक्छ। तर नेपाली पात्रो अनुसार प्रत्येक महिनाले आफ्नो सांस्कृतिक, धार्मिक र प्राकृतिक विशेषताहरू बोकेका हुन्छन्। तिनैमध्ये सावन महिना, विशेषतः धार्मिक र सांस्कृतिक दृष्टिले विशिष्ट महत्त्व राख्दछ। यो महिनालाई भगवान शिवको महिनाका रूपमा लिइन्छ भने, महिलाहरूले यसलाई सौभाग्य र समर्पणको प्रतीकको रूपमा मनाउने गर्छन्। साउन महिना जीवनसँग गहिरो रूपमा जोडिएको छ । यो महिना सुरु हुनासाथ महिलामा विशेष उत्साह जाग्ने गर्छ । हरियो चुरा, मेहेन्दी, हरियो र पहेँलो पहिरन केवल सजावट मात्र नभई परम्परा र आस्थाका प्रतीक रहेको बताइन्छ ।
साउनको सुरुवातसँगै घरदेखि बजारसम्म, रातो, हरियो र पहेँलो रंगले सजिएका महिलाहरूको चहलपहलले समाजमा उत्सवको रौनक ल्याउँछ। यी रङहरूको धार्मिक र वैज्ञानिक आधार जे-जस्तो भए पनि, आस्था र विश्वासको गहिरो भावनाले यसको प्रयोगलाई अझ अर्थपूर्ण बनाउँछ।
रातो रंग सौभाग्यको प्रतीक हो, हरियो रंग प्रकृति र प्रेमको, र पहेँलो रंग पवित्रता र शुभताको द्योतक मानिन्छ। महिलाहरूले साउन महिनामा यिनै तीन रङहरूको सुमधुर समिश्रणमा चुरा, पोते, लुगा, र मेहेन्दी लगाउने परम्परा जोगाउँदै आएका छन्। हातमा गाढा मेहेन्दी लागेमा श्रीमान् को माया बढी पाइन्छ भन्ने जनविश्वास अझै जीवित छ।
ज्योतिष शास्त्र अनुसार, हरियो रंग बुध ग्रहद्वारा प्रभावीत हुन्छ। बुध ग्रहले भावना र बुद्धिको नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले, साउन महिनामा हरियो चुरा लगाउनु हाम्रो मानसिक सन्तुलन र आत्मिक स्थिरताका लागि उपयोगी ठहरिन्छ। वैज्ञानिक पक्षले पनि हरियो रंगले आँखालाई शान्ति, मनलाई स्फूर्ति र तनलाई शीतलता प्रदान गर्ने प्रमाणित गरिसकेको छ।
यद्यपि धर्मशास्त्रहरूमा सावनमा हरियो रंग अनिवार्य हुनुपर्ने कुनै स्पष्ट उल्लेख पाइँदैन। शिव पूजाका लागि रातो र पहेँलो रंगलाई बढी शुभ मानिन्छ। त्यसैले साउनमा हरियो रंगको प्रचलन कहाँबाट सुरु भयो भन्ने प्रश्नको अझैसम्म ठोस जवाफ पाउन सकिएको छैन। तर धार्मिक वा वैज्ञानिक व्याख्या जस्तो भए पनि, समाजले अपनाएको परम्परा, विश्वास, आस्था र त्यसको सौन्दर्यलाई सम्मान गर्नु हाम्रो साझा कर्तव्य हो। देखासिकी नगरी, आफ्नो सामाजिक, आर्थिक र मानसिक अवस्थालाई बुझ्दै सन्तुष्ट रहनु नै असल जीवनदृष्टिकोण हो। हामी जे लगाउँछौँ वा खान्छौ त्यो भन्दा महत्वपूर्ण कुरा के हो भने हामी को हौँ? हाम्रो कर्तव्य के हो? र हाम्रो आत्मपरिचय कस्तो छ? हामीले गर्ने कर्म, प्रस्तुत गर्ने व्यवहार र देखाउने सोच नै हाम्रो वास्तविक परिचय हो। अन्ततः, महिना जुनसुकै होस् यदि हामी हरेक महिना सकारात्मक सोच, आत्मबोध र प्रेमले भरिन सक्छौँ भने, हाम्रो जीवनको हरेक महिना ‘साउन’ बन्न सक्छ।
@काठमाडौ नेपाल
भर्खरै
शान्तिपथ
राधाकृष्ण बिस्कुटद्वारा प्राणनाथ वृद्धाश्रम र मानव सेवा बाल आश्रमलाई खाद्य सहयोग
"रत्नपार्कको बेञ्च"
रजबासमा बृहत् निःशुल्क स्वास्थ्य शिविर, ३७५ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
अष्ट्रेलियामा पहिलो नेपाली माथि गरिएको व्यबहार
सरकारको ब्याक-च्यानल कूटनीति, सामाजिक सञ्जाल र बदलिँदो सत्ता–शैली
शकुनीहरू
धेरै पढिएको
बोलिरहने हृदयको चरीलाई कुन्नि के भो ?
रोल्पा : बारुदको गन्धदेखि साना साथीहरूको सुगन्धसम्म
याद गर
पनौतीका सुकुम्बासी हटाउने सूचनाविरुद्ध जिल्ला प्रशासन र नगरपालिकामा ज्ञापनपत्र
"पाँच डब्ल्यु, एक एच: सही प्रश्नबाट सत्यको खोजीसम्म"
सार्वजनिक बसमा पाकेट मार्ने चार जना पक्राउ
करेन्ट लागेर भुम्लुकी एक महिलाको मृत्यु




प्रतिकृया दिनुहोस