साउन महिना हरियो चुरा मेहेन्दी भन्दा पनि मनको हरियालीको पर्व हो

"हरियो चुरा वा मेहेन्दी लगाउने व्यक्तिको आस्था, मुल्य वा सम्मान कम हुदैन परम्पराको सार बाहिरी श्रृगारमा मात्र होइन आपसी , प्रेम, सद्धाभाव, सम्मान र सकारात्मक जीवन शैलीमा पनि हुन्छ।"

मेरो बिचारमा सावन महिनामा हरियो चुरा र मेहेन्दी लगाउने चलन परम्परागत: धार्मिक,सांस्कृतिक र  प्रतीकात्मक  अर्थ बोकेको पर्म्परा हो!
यसलाई अनिवार्य नियम भन्दा पनि आस्था र संस्कृतिको अभिव्यक्ति भनेर बुझ्न सकिन्छ!

यसका प्रमुख कारणहरू यस्ता छन:
 हरियो रंगलाई प्रकृतिको, हरियाली,नयाँ जीवन आशा र समृद्धिको प्रतिक मानिन्छ!    
सावन वर्षायामको महिना भएकोले चारैतितर हरियाली फैलिएको हुन्छ! त्यसैले हरियो रंगसँग यसको विशेष सम्बन्ध जोडिएको छ!

मेहेन्दीलाई शुभता, सौन्दर्य आनन्दको  प्रतीक मानिन्छ! यसको सीतल गुणले गर्मी मौसममा हातलाई केहि चिसोपन पनि दिन्छ भन्ने परम्परागत विस्वास छ!

हिन्दु परम्परामा सावन महिना भगवान शिब र देवी पार्वतीको आराधनाको महिना मानिन्छ! विवाहित महिलाहरुले
 परिवारको सुख, शान्ति र दीर्घायुको कामना गर्दै हरियो चुरा पोते र मेहेन्दी लगाउने चलन विकसित भएको हो!

आजको समयमा यी केवल विवाहित महिलामा सीमित छैन्!अविवाहित युवतीहरुले पनि सांस्कृतिक उत्सव, सौन्दर्य र परम्पराप्रतिको सम्मानका रुपमा हरियो चुरा र मेहेन्दी लगाउने गर्छन्!
  
 मेरो धारणा के हो भने यदी कसैले श्रद्धा र खुसीको साथ यो परम्परा अपनाउँछ भने त्यो सुन्दा सांस्कृतिक अभ्यास हो! तर यो कसैको लागी बाध्याता हुनु हुँदैन !

हरियो चुरा वा मेहेन्दी लगाउने व्यक्तिको आस्था, मुल्य वा सम्मान कम हुदैन परम्पराको सार बाहिरी श्रृगारमा मात्र होइन आपसी , प्रेम, सद्धाभाव, सम्मान र सकारात्मक जीवन शैलीमा पनि हुन्छ!

साथै साउन  महिनालाई यसरी पनि भन्न सकिन्छ! हरियो चुरा मात्र होइन, मनमा पनि हरियाली पलाउनु पर्छ! मेहेन्दी हातमा मात्र होइन!मनमा पनि गाढा रंग बस्नु पर्छ!

प्रतिकृया दिनुहोस