शान्तिपथ
हे महाज्ञानी! यात्रीको गन्तब्य पर छ,,, भिड भन्दा पर शान्तिको खोजीमा कोलाहाल भन्दा टाढा जहाँ छैनन् आफ्नो कर्तुत छोपेर अर्काकै गल्ती शीला खोज्ने मान्छे जहाँ छैन पसिनाको आईसक्रिममा अघाउने भोक जहाँ छैन अरुको ऋदय रेटेर आफ्नो प्यास मेटीरहेको तिर्खा जहाँ छैन अबलाकै संबेदनामा युद्धगरेर बिजेता कहलिएको जुलुस जहाँ छैनन् राष्ट्रको ढुकुटी खोस्रिने जङ्गली मुसाहरु हे महाज्ञानी शान्तिपथ अलि टाढा छ ज्ञानीलाई मुर्खको संज्ञा दिनेहरुको भिडभन्दा टाढा जहाँ सत्तामोहको आँधीबेरी चल्दैन हो त्यो भन्दा अझै टाढा हे महाज्ञानी शान्ति चाहाने आँखाहरु इर्थ्यालु संसार हेर्दैनन् शान्ति
























































